काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएको छ ।
दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा बन्द गर्न नपाइने प्राधिकरणले जनाएको छ ।
स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिंदैछ तर कम्पनीले देशका केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको छ ।