काठमाडौं। वीरगन्ज-रक्सौलको मुख्य नाका ३ दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ।
नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको रात्रि बजारका सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका ३ दिनसम्म चौबिसै घण्टा खुला गरिन लागिएको हो ।
राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिँदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रिकालीन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ ।