८ मंसिर २०८१, शनिबार 1732366414
Banner

बैठक सकिएपछि सांसदले हाजिर गर्ने व्यवस्था हुनुपर्छ : हरि ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् । आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदमा गणपूरक संख्या नपुग्ने समस्या देखा परेको भन्दै समाधानका लागि सांसदको हाजिरी बैठक सकिएपछि गर्ने व्यवस्था उपयुक्त हुने बताएका हुन् ।

गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन्। त्यसअघि माघ १२ गते पनि गणपुरक संख्या नपुगेका कारण अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।

लोकतन्त्र र मर्यादाको कुरा गर्ने, थिति बसाल्ने कुरा गर्ने सांसदहरुको यस्तो व्यवहार सच्याउन आवश्यक रहेको उनले बताए । एक पटक हाइन दुई पटक पुगेका संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।