२० बैशाख २०८३, आइतबार 1777838024
Banner

प्रचण्डप्रति लक्षित गदै पन्तले सुनाए संसदमा प्रधानमन्त्री हराएको सूचना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सुचना संसदलाई जानकारी दिईएको छ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाउनुभएको हो । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्तले प्रधानमन्त्री प्रचण्डको हुलिया सुनाउँदै हराएको सुचना जानकारी दिनुभएको हो ।  

‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाधेको ७० नपुगेको जस्तो देखिने’,उहाँले भन्नुभयो । 

उहाँले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गर्नुभयो।  उहाँले भन्नुभयो, ‘उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला। उहाँ अन्तिम पटक देखिएको साल बालुवाटार छेउछाउ।’