२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:35 pm
पालिका

नगरपालिकाको जिपको ठक्करबाट बालकको मृत्यु

सूचना प्रेस २०८० बैशाख ११ सोमबार ००:००, ०५:५८ बजे १ मिनेट पढाइ

नवलपुर- पुर्वी नवलपुर मध्यविन्दु नगपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने सरकारी गाडीको ठक्करबाट चार बर्षीय बालकको मृत्यु भएको छ ।

नगरपालिकाको सरकारी गाडीको ठक्करबाट मध्यविन्दु नगरपालिका वडा नं. १५ का धनिराम माझीका चार बर्षीय छोरा आदित्य माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो ।

वडा नं. १५ स्थित हरवासटार खण्डको भित्री खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ झ २३१२ नम्वरको जीपले बालकलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडी र मध्यबिन्दु न.पा. को गाडी, चालक कृष्ण प्रसाद भण्डारी प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।