२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:25 pm
राजनीति

बारामा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

सूचना प्रेस २०८० बैशाख ११ सोमबार ००:००, ०८:५७ बजे १ मिनेट पढाइ

काठमाडौं। बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ।

आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ। बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ। बारामा करिब ६३ प्रतिशत मतदान खसेको थियो।