७ मंसिर २०८१, शुक्रबार 1732315241
Banner

एसिया कप छनोटका लागि नेपाललाई ११८ रनको लक्ष्य

काठमाडौं । पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा प्रवेश गर्न नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) बाट ११८ रनको लक्ष्य पाएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा टस हारेपछि ब्याटिङमा आएको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

फाइनल खेल सोमबार सुरु भए पनि लगातार वर्षाका कारण खेल मंगलबारलाई सरेको थियो ।