२ जेष्ठ २०८३, शनिबार 1778947384
समाचार

सदनमा अनुपस्थित प्रधानमन्त्री चिजसँग रमाउँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन संसद् बैठकमा उपस्थित नभएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले फेसबुकमा आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेका छन् ।

उनले आफ्नो फेसबुकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको तस्वीर सार्वजनिक गरेका हुन् ।