७ जेष्ठ २०८३, बिहिबार 1779363812
Banner

रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो, केही बेरमा अदालत लगिँदै

काठमाडौं। पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ। नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो।

काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद थप हुनेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम पक्राउ परिरहेका छन्। हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ।