८ मंसिर २०८१, शनिबार 1732358649
Banner

शंकर कँडेल न्यायिक संघर्ष समितिद्वारा आज चितवन बन्द

काठमाडौं । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा नाम जोडिएका प्रदीप रुगटा पक्राउ नपरेको भन्दै आज चितवन बन्द गरिएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिले चितवन बन्द गरेको हो ।

पोल्ट्री व्यवसायी कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा मंगलबार झुण्डिएर आत्महत्या गरेका थिए । उनले लेखेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर होल्डर प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारण आफूले आत्महत्या गरेको उल्लेख गरेका थिए । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।