७ मंसिर २०८१, शुक्रबार 1732328249
Banner

नक्कली शरणार्थी प्रकरण : सिंहदरबारमा दोस्रो पटक ओलीप्रचण्ड भेटवार्ता

काठमाडौं। नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ। ओली ३ दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन्।

अहिले २ नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो। शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्।

२ दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए।