८ मंसिर २०८१, शनिबार 1732344006
राजनीति

सकारात्मक सोचको विकास गर्न सञ्चारमाध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नु पर्छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।

गोरखापत्र संस्थानको १२३औं वार्षिकोत्सव समारोहमा उनले अँध्यारोबाट शिक्षा लिएर उज्यालोतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। सामाजिक सद्भाव र संस्कृतिलाई विकसित
र परिमार्जित गर्दै युग सुहाउँदो रूपमा गोरखापत्रलाई लैजान आवश्यक रहेको प्रधानमन्त्रीले बताए।

उनले भने, ‘गोरखापत्रले नेपालको राष्ट्रिय एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र राष्ट्रिय भावनालाई कसरी नयाँ उचाइमा लैजान सकिन्छ भन्ने कुरालाई उच्च प्राथमिकता दिन जरुरी छ। सामाजिक सद्भाव र संस्कृतिलाई कसरी हामीले विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान सकिन्छ ? त्यसमा ध्यान दिन जरुरी छ। आजको विज्ञान प्रविधिको युगमा विज्ञानले गरेका कामलाई आत्मसाथ
गर्दै त्यसको सदुपयोग गर्दै युगसापेक्ष बनाउन जरुरी छ।’

प्रधामन्त्री दाहालले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचनाको खाँचो औंल्याएका छन् ।