७ जेष्ठ २०८३, बिहिबार 1779376288
Banner

सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको बताएको छ।

सूचनाअनुसार अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडान हुने छैनन्।

शुक्रबार माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेको थियो।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए भने भविन गुरुङको निधन भएको थियो।