७ जेष्ठ २०८३, बिहिबार 1779379212
Banner

मेयर बालेनको आक्रोस, ‘सिधै लगेर बागमतीमा चोपाल्नुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख खोलेका छन्।

उनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन्।

‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

उनले फेसबुकमा लेखेका छन्,

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस् । 

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउँदिन म चाहिँ ।

तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।