७ जेष्ठ २०८३, बिहिबार 1779420722
Banner

रेशम चौधरीको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार सुनुवाइ हुने भएको हो। यो मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालतले भने उनीहरूलाई दोषी ठहर गरिसकेका छन्। 

यसविरुद्ध दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन्। ती निवेदनमा वैशाख २५ गते सुनुवाइ सुरु भएको हो। यसअघि प्रतिवादी चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमबार सरकारी वकिल र विपक्षीका कानुन व्यवसायीले बहस गर्नेछन्। 

उनीहरूको बहसपछि निवेदक चौधरी पक्षले जबाफी बहस गर्नेछन्।