९ जेष्ठ २०८३, शनिबार 1779548082
Banner

संसदीय समितिको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ। सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको छ। सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो।

आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो। समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो। लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ।

त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ। सो समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा पूर्वाधार विकास समितिको बैठक सुरु भएको हो।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ। आजैबाट अन्य समितिका बैठक बस्दैछन्। संयुक्त २ र विषयगत १० गरी १२ वटा समितिहरू छन्।