९ जेष्ठ २०८३, शनिबार 1779544822
Banner

राप्रपाको केन्द्रीय कार्य समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति बैठक जारी छ। केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको प्रवक्ता सगुन लावतीले जानकारी दिए।

अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको उनले बताए।

‘अहिले अध्यक्षको राजीतिक प्रतिवेदनमाथि सदस्यहरू बोलिरहनु भएको छ। बैठकमा अरू कार्ययोजना पनि प्रस्तुत हुनेछन्,’ उनले भने बैठक बुधबारसम्म चल्ने पनि उनले जानकारी दिए।