१० मंसिर २०८१, सोमबार 1732534783
राजनीति

मदन-आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन-आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। ३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको पनि बताए।

‘आज ३० औँ मदन-आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले स्मरण गर्दै भनेका छन, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’