१० मंसिर २०८१, सोमबार 1732519379
राजनीति

५० को दशकमा ३ सय नेताहरूको हत्या भएको झलनाथको दाबी

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीले आफ्नो पार्टीका ३ सय नेताहरूको हत्या गरेको दाबी गरेका छन् ।

उनले मदन आश्रित मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा बोल्दै खनालले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘हामीले ५० को दशकमा उग्र वामपन्थको विरुद्धमा कठोर संर्घष गर्नुपरेको थियो । झण्डै हाम्रा ३ सय होनहार क्रान्तिकारीहरूलाई घाँटी रेटेर मार्ने कामहरू समेत भयो । तर, ती सम्पूर्ण क्षतिहरूका बाबजुत उग्रवामपन्थी अवसरबादका भड्काउका विरुद्ध पनि संर्घष गर्दै हामीले हाम्रो पार्टीलाई रक्षा गर्यौ।’

उनले मदन भण्डारी र जीवनराम आश्रितको हत्याकाण्डको प्रत्यक्ष प्रमाण हुँदा हुँदै पनि हत्याकाण्डको बारेमा त्यतिवेलाको नेतृत्वले अनुसन्धान गर्न नसक्दा रहस्यमयी भएको बताए।