१० मंसिर २०८१, सोमबार 1732561924
Banner

राष्ट्रपतिद्वारा रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफी सम्बन्धित प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो ।

राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको उनले सचिवालयले जनाएको छ ।

साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।