८ मंसिर २०८१, शनिबार 1732350972
राजनीति

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा दिउँसो बैठक बस्न लागेको हो।

बैठकले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। अरु आवश्यक र महत्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ। आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दैछन्।