२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:13 pm
Banner

कालिकोटमा जीप दुर्घटना, तीनजनाको मृत्यु

सूचना प्रेस २०८० जेष्ठ २८ आइतबार ००:००, ०७:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । कालिकोटको शुभकालीका गाउँपालिका–६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका–२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए ।