११ कार्तिक २०८१, आइतबार 1730045856
राजनीति

घेराबन्दीकै बीचबाट एमालेले देशको कायापलट गर्छ : भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य निर्मल भट्टराईले घराबन्दीकै बीचबाट एमालेले आफूलाई देशको अब्बल पार्टी बनाएको बताएका छन् । चाँगुनारायण नगरपालिकामा आयोजित एक भेलामा उनले सो कुरा बताएका हुन् । ‘पार्टी एकताबध्द र सुदृढ भए एमालेलाई कसैले परास्त गर्न सक्दैन।‘ उनको कथन थियो ।

कार्यक्रममा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य टि पी उप्रेती, नेपाल आदिवासी जनजाति महासंघका ऊपमहासचिव प्रेमकुमार श्रेष्ठ, पार्टी जिल्ला सचिव मोहनबीर श्रेष्ठ, जिल्ला सदस्यहरू बुध्दिलाल महर्जन, शारदा थापा, कान्छा तामाङ, साधुराम दाहाल र पालिका अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

भेलाले शंकर खनालको अध्यक्षतामा ३१ सदस्यीय चानपा ४ नं वडा कमिटी पुनर्गठन गरेको छ ।