१० कार्तिक २०८१, शनिबार 1729966025
अर्थ

सेयरबजारमा करिब ५ महिनायताकै उच्च कारोबार

काठमाडौं । सेयरबजार आज करिब ५ महिनायताकै उच्च कारोबार भएको छ । कारोबार उच्च हुँदा मंगलबार परिसूचक नेप्से पनि करिब साढे ३ महिनापछि दुई हजार अंकको विन्दुबाट माथि गएर बन्द भएको छ ।

बैंकिङ प्रणालीमा निक्षेप वद्धिको अनुपातमा कर्जाको माग न्यून भएर तरलता सहज बन्दै गएको छ ।

मंगलबार बजार परिसूचक नेप्से ३४.१७ वृद्धि हुँदा २०२०.६७ अंकमा बन्द भएको छ ।

मंगलबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा नेप्सेका सबै उपसूचक बढेको छन् । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.३२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक २।६४ प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६७ लाखको कारोकार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ लाख ५१ हजार र आईएमई जनरल इन्स्योरेन्सको १६ करोड २७ लाखको कारोबार भएको हो ।

नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ ।

Tags :