१० कार्तिक २०८१, शनिबार 1729966294
Banner

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

प्रहरीका अनुसार डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडामा सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना स्थलमा प्रहरी टोली गएको छ ।

अहिलेसम्म क्षतिको विवरण न आए पनि मन्त्री सिंहसहित गाडीमा सवार सबै घाइते भएको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Tags :