८ मंसिर २०८१, शनिबार 1732379283
विश्व

चिनियाँ राष्ट्रपति तानाशाह भएको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तानाशाहको आरोप लगाएका छन् ।

विश्वका दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सीलाई भेटेको एक दिनपछि बाइडनले सीमाथि यस्तो आरोप लगाएका हुन् ।

तर, चीनले बाइडनको टिप्पणीबारे हालसम्म प्रतिक्रिया दिइसकेको छैन।

वाशिङटन र बेइजिङ लामो समयदेखि व्यापार, मानवअधिकार र ताइवानलगायत मुद्दामा उल्झिँदै आएका छन्।

बाइडेनले सीलाई किन लागाए यस्तो आरोप

राष्ट्रपति बाइडेनले चीनले मङ्गलवार राति अमेरिकी आकाशमा चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको बताएका छन् ।

उनले सो बेलुन खसालिदिएको बताएका छन् । उनका अनुसार यसै कारण सी धेरै दुखी छन् । उनले भनेका छन्, ‘ त्यसमा दुई बाकस जासुसी उपकरण थिए । जुन तानाशाहहरूका लागि लाजमर्दो कुरा हो ।

Tags :