२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 11:12 pm
Banner

राष्ट्रपतिद्वारा भारतका लागि आवासीय राजदूत डा.शङ्करप्रसाद शर्मालाई शपथ

सूचना प्रेस २०७८ चैत्र ११ शुक्रबार ००:००, १५:२३ बजे १ मिनेट पढाइ

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित हुनुहुन्थ्यो ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।