७ मंसिर २०८१, शुक्रबार 1732320216
Banner

पोखरामा भएको ड्रागन बोट रेसमा नेपाल दोस्रो

काठमाडौं । नेपाल ड्रागन बोट रेसमा दोस्रो स्थान हात पार्न सफल भएको छ ।

पोखरामा भएको शनिबार अन्तिम दिन आयोजित अन्तिम प्रतियोगिताअन्तर्गत पाँच मिटर रेसमा चीनको युनानले प्रथम स्थान हात पारेको हो भने नेपालले दोस्रो स्थान लिन सफल भएको हो।

नेपालको २ टिम र चिनियाँ २ टिम बीच उपाधीका लागि भएको अन्तिम प्रतिस्पर्धामा युनान ड्रागन बोट टिम प्रथम भएको हो । यस अन्तर्गत नारा नेपाल टिम दोस्रो र सिचुवान ड्रागन बोट टिम तेस्रो भएका छन् ।

नेपालकोतर्फ बाट प्रतिस्पर्धामा सहभागी ४ टिम मध्ये ‘नारा ड्रागन बोट टिम’ र ‘एनआसीए ड्रागन बोट टीम’ले अन्तिम ४ मा स्थान लिएको जनाइएको छ।

पोखरामा दक्षिण एसियाकै पहिलोपटक यो प्रतिस्पर्धा शुक्रबारदेखि दुई दिन पोखराको फेवातालमा भएको थियो।

Tags :