११ कार्तिक २०८१, आइतबार 1730045128
Banner

जसपाको नेपालको विधान सम्मेलन आजदेखि सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजबाट विधान अधिवेशन सुरु हुँदैछ ।

आजदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेशनमा पेश हुन लागेको हो।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेशन आजदेखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ। संघीय परिषद् खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ।

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ। ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ। र, १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ।

पटक पटक सर्दै आएको सो विधान अधिवेशन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो।