११ कार्तिक २०८१, आइतबार 1730030595
राजनीति

संसद बैठकमा बजेटबारे मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेक बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन्।

आज बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ।

यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।