८ मंसिर २०८१, शनिबार 1732401710
Banner

१० समूहमा छलफल हुने यस्तो छ जसपाको विधान (मस्यौदासहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशनको दोस्रो दिन आजबाट समूह छलफल हुँदैछ। छलफल बिहान ९ बजेबाट सुरू हुनेछ।

काठमाडौंको प्रज्ञा भवनमा जारी अधिवेशनको पहिलो दिनको सत्रमा उपेन्द्र यादवले दुई परिच्छेदसम्म विधानको मस्यौदा प्रस्तुत गरेका थिए।

आज अध्यक्ष यादव र केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेतले बाँकी मस्यौदा प्रस्तुत गरेपछि समूह छलफल आरम्भ हुने जसपाले जनाएको छ ।

विधान मस्यौदामाथि छलफलका लागि १० वटा समूह बनाइएको छ। २२ कार्यकारिणी सदस्यमध्येबाट १–१ जना सहजकर्ता तोकिएको छ। आज दिनभर समूह छलफल हुने पनि उनले बताए।

१० वटा समूहले आ–आफ्नो टोली नेता आफैं चयन गर्नेछन्। ती टोली नेताहरूले भोलि सुझाव प्रस्तुत गर्ने तयारी छ । भोलि नै विधान पारित गरेर अधिवेशन सकिनेछ ।

विधान अधिवेशनमा ४६६ केन्द्रीय सदस्य, भ्रातृ संगठन, प्रदेश समितिहरूबाट गरी करिब ८०० प्रतिनिधि रहेका छन् ।