काठमाडौं । नेपाली कांग्रेसको सदस्यता फारम वेवसाइबाटै भर्न मिल्ने बनाएको छ । सदस्य वितरणलाई सहज बनाउने तयारी अनुसार कांग्रेसले सदस्यहरूलाई वेवसाइटबाट सदस्य भर्न सक्ने व्यवस्था गरेको हो।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ।
अहिले आन्तरिक तयारी रहेको कांग्रेसले पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउने तयारी गर्ने जनाइएको छ । साधारण र क्रियाशील गरी कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ ।
कांग्रेसले अहिले साधारण सदस्यता अनलाइनबाटै लिन सक्ने व्यवस्था गर्न लागेको पराजुली बताउँछन्।उनकाअनुसार क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको छ।
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ४६ हजार ७ सय २९ जना क्रियाशील सदस्य थिए।