११ कार्तिक २०८१, आइतबार 1730053352
राजनीति

काठमाडौं विश्वको प्रदूषित सहर हुन चिन्ताको विषय : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ सहर विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ५० लाखभन्दा बढी मानिस बस्ने काठमाडौँ सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भए पनि यस विषयमा चिन्ताभन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको सामाजिक सञ्जालमा लेखेका छन्।

‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ’, ओलीले भनेका छन् ।

साथै उनले काठमाडौँ महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौँलाई यसबाट बचाउन पक्कै केही गरिरहे पनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताएका छन् ।