७ मंसिर २०८१, शुक्रबार 1732315794
Banner

७७ जिल्लामा रास्वपाको सम्पर्क सांसद (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ। देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर सम्पर्क सांसद तोकिएको रास्वपाले जनाएको छ ।

सभापति लामिछाने संसदीय दलको नेता भएकाले जिल्ला तोकिएको छैन। उपसभापति डोल प्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलालीको जिम्मा दिइएको छ। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा तोकिएको छ। प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुराको जिम्मा दिइएको छ। सचेतक श्री निशा डाँगीलाई झापा, मोरङ, इलाम, सल्यान जिम्मा दिइएको छ।

मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ। काठमाडौं ७ बाट निर्वाचित सांसद गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा जिम्मा दिइएको छ।

काठमाडौं २ बाट निर्वाचत सोबिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ। सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम (पश्चिम) जिम्मा दिइएको छ।

ललितपुर २ की सांसद तोसिमा कार्कीको जिम्मामा ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर परेको छ। काठमाडौं ६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ।

चितवन १ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन्। तनहुँ १ बाट निर्वाचित डा.स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँ सम्पर्क सांसद बनेका छन्। डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी दिइएको छ।

त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन्। लक्ष्मी तिवारी प्युठान, परासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन्। अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ।

शिव नेपालीको जिम्मामा भने लमजुङ, म्याग्दी, पर्वत र कास्की छ। बिनिता कठायत ६ जिल्लाकी सम्पर्क सांसद बनेकी छन्। उनलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा दिइएको छ।

रास्वपाकी पछिल्लो सांसद बनेकी विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको छ।