१० कार्तिक २०८१, शनिबार 1729981224
Banner

योगेश भट्टराईलाई पहिचानवादीको अवरोध

काठमाडौं । कोशी प्रदेशमा आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई अवरोध गरेका छन् ।
बिहीबार पहिचान पक्षधरले सचिव भट्टराईलाई इलाममा अवरोध गरेका हुन् ।

कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका छन् ।

उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गरिरहेका छन् ।

Tags :