१० कार्तिक २०८१, शनिबार 1729972743
Banner

विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्रीले भने : सर्वदलीय सरकार बनाऔँ

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारको विकल्प नभएको बताएका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् । सो क्रममा उनले त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।

‘विनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं साथीहरू । फेरि पनि भोलि यो प्रदेश हुनेछ । प्रदेशसभाको माननीय हुनेछन् । मैले हिजो हुँदा के गरेँ भनेर आत्मसाक्षी राखेर गर्‍यो भने पछुताउनुपर्नेछ । यो प्रदेश सरकार ९२ जना माननीय र प्रदेशभरका जनताको आफ्नै सरकार हो ।’

कार्कीले प्रदेश मध्यावधितर्फ जाने भन्दै त्यो खर्चिलो हुने र प्रदेशकै संरचनाप्रति वितृष्णा बढाउने काम हुने बताए ।

Tags :