११ कार्तिक २०८१, आइतबार 1730066860
Banner

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । सुख्खा पहिराे खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिराे हटाउनका लागि एक्साभेटर पहिराेस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन् ।