१० कार्तिक २०८१, शनिबार 1729994960
Banner

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । आज लागि तय गरिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगन गरिएको हो ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।