१० कार्तिक २०८१, शनिबार 1729980523
समाचार

प्रधानमन्त्री पत्नी दाहालको निधनप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएपछि पूर्वराजाले सीता दाहालको निधनमा प्रतिनिधिको रुपमा पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो पौने २ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ ।

Tags :