१० कार्तिक २०८१, शनिबार 1729981029
Banner

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रधानमन्त्री पत्नी दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्दी मोदीले एक ट्वीट गर्दै प्रधानमन्त्री दाहालपत्नीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् ।

उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । २अmउचबअजबलमब प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’

Tags :