१० कार्तिक २०८१, शनिबार 1729987478
Banner

सरकारी माटो बेचेको भन्दै चारजनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनाविरुद्ध सरकारी जग्गाको माटो बेचेर अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कञ्चनपुर लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्रको माटो गैरकानुनी रूपमा उत्खनन् गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उक्त विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध बैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Tags :