१० कार्तिक २०८१, शनिबार 1729987414
Banner

देशमा अझै भोकमरी छ : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले पनि भोकमरी अवस्था रहेको बताएका छन् ।

शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री यस्तो बताएका हुन् ।

‘हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरिबिको रेखामुनि अहिलेपनि ठुलो प्रतिशत जनसंख्या छ’, अध्यक्ष ओलीले भने, ‘अहिले पनि देशमा भोकमरी छ । खान नपाएर भोकै मर्ने स्थिति छ यो राज्यले स्वीकार गरेको पनि छ ।’

उनले मानव भएर बाच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुननसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताए ।

‘जीवन सुरक्षित जिउने कुरामा सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि हामीले कम्प्रिहेन्सिप डेमोक्रेसी भनेका हौ’, ओलीको भनाइ छ ।

उनले मानवअधिकारको हनन राज्यबाटै हुने गरेको भन्दै सरकारले साइनबोर्ड र प्रणालीमा मात्रै लोकतन्त्र भनेर नहुने बताए ।

Tags :