१० कार्तिक २०८१, शनिबार 1729987615
राजनीति

गृहमन्त्रीले स्टण्टबाजी गरे : कांग्रेस सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टण्टबाजी गरको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री नारायणकाजीमाथि यस्तो आरोप लगाएका हुन् ।

‘अहिलेको सरकारका गृहमन्त्री पनि कस्तो स्टण्टबाज हुनुहन्छ। अर्थमन्त्री त अमेरिकामा पढेर आउनुभएको। यत्रो महामारी छ। किसानहरुको गाईवस्तु मरिरहेका छन्। अलिकति राहत घोषणा गर्ने कुरामा ढिलाइ नगरी २४ घण्टा भित्र राहत घोषणा गरिदिए कस्तो होला ?,’ प्रश्न गर्दै शर्माले भने।

Tags :