११ कार्तिक २०८१, आइतबार 1730045218
Banner

समाजवादी मोर्चाको नेतृत्व चार चार महिनामा परिर्वतन हुने

काठमाडौं । समाजवादी मोर्चाको नेतृत्व चार–चार महिनामा फेरिने भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकबाट मोर्चाको कार्यविधि र आचारसंहिता तय गर्दै यस्तो निर्णय गरिएको हो। यसअघिको बैठकबाट ६ महिनामा नेतृत्व फेरिने निर्णय गरिएको थियो ।

मोर्चामा हरेक दलबाट चार\चार नेता रहने निर्णय पनि गरिएको छ । “चार\चार महिनामा मोर्चाको अध्यक्ष फेरिने र एउटा पार्टीबाट चारजना नेताले भाग लिन पाउने निर्णय गरिएको नेताहरुले बताएका छन् । मोर्चामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ रहनेछन् ।

एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षहरू राजेन्द्र पाण्डे र प्रवेश हमाल र महासचिव घनश्याम भुसाल छन् । जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहने निर्णय गरिएको महासचिव देव गुरुङले बताए । मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहने भएका छन् ।