यसैगरी कैलालीको जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ पथरैया बस्ने २६ वर्षीय असोक चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरीको कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ बस्ने २३ वर्षीय भुवन ऐरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ बडैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय विक्की कुवँरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-४ घ गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१ पशुपतीटोल बस्ने ३८ वर्षीय मो. मोविन कुरैसी र ३२ वर्षीय सलिम कुरैसी रहेका छन्। अस्थायी प्रहरी पोष्ट आईबिआरडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका युपि ३१ एल ७८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
रौतहटको चन्द्रपुर नगरपालिका-५ स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेट सहित फार्मेसीका संचालक सोही नगरपालिका-६ बस्ने ४८ वर्षीय सुरेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। पर्साको वीरगंज महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४२ ट्याब्लेट, स्पास्मो ११ ट्याब्लेट र नगद ४९ हजार रूपैयाँ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ छप्कैया बस्ने ३५ वर्षीय ओसिम ठकुराई, मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० बस्ने ३७ वर्षीय राजु बानिया र बारा कलैया उपमहानगरपालिका-६ बस्ने ५२ वर्षीय अलिहदन मिया रहेका छन्।लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी पर्साको वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३७ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ कमाने टोल बस्ने २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बमजन रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बा.८६ प २१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
झापाको भद्रपुर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ६० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय पवन खड्का र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय रूमिलुङ राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी झापाको कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय कुर्वान अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ बस्ने ३७ वर्षीय बिशाल लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङको कानेपोखरी गाउँपालिका-६ नमुना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीया सुस्मिता लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
महोत्तरीको बर्दिबास नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ४३ ट्याब्लेट सहित धनुषा मिथिला नगरपालिका-३ लालभिती बस्ने २१ वर्षीय दिपक विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.१४ प २१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरीको धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय साइवक सारू मगर र सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय पवन राई रहेका छन्। अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ रामपुर बस्ने १६ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं : अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ दोघरे बस्ने २० वर्षीय धन बहादुर खत्रीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ४३८० नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ९० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने ३० वर्षीय रामकृष्ण थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।


