१७ बैशाख २०८३, बिहिबार 1777570132
Banner

सिनामंगल पुग्यो सेनाको बम डिस्पोजल टोली

काठमाडौं । काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ। सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएर निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाएको हो।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए।