१० कार्तिक २०८१, शनिबार 1729987540
Banner

सरकारले जसरी काम गर्नुपर्ने हो त्यसरी गर्न सकिरहेको छैन : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले जसरी काम गर्नुपर्ने हो त्यसरी काम गर्न नसकेको बताएका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

साथै, उनले सार्वजनिक लेखा समितिमा तत्काल सभापति चयन नगरे बैठकमा नआउने बताए ।

सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको उनको भनाइ छ । ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’

भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए । ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ एमाले सचिव भट्टराईले भने, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’

Tags :