१० कार्तिक २०८१, शनिबार 1729995097
राजनीति

दलाल पुँजीवादविरुद्ध जुध्ने सङ्कल्प नगरेसम्म समाजवादको आधार तयार हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पुँजीवादविरुद्ध जुध्ने सङ्कल्प नगरेसम्म नेपालमा समाजवादको आधार तयार हुन नसक्ने पनि बताका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले दलाल तथा नोकरशाही पुँजीवादले समस्या खडा गरिरहेको उनले बताए ।

‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुई वटा व्यवस्था क्रियाशील छ । एउटा पँजीवादी व्यवस्था अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा पनि हाबी छ । राज्यको प्रशासनमा पनि हाबी छ । र यो व्यवस्थालाई नै कुरूप बनाउने कुरामा पनि जिम्मेवार छ ।’