१० कार्तिक २०८१, शनिबार 1729995539
Banner

माओवादी केन्द्रको केन्द्रीय बैठक अध्यक्ष प्रचण्डकाको पेजबाट लाइभ हुने तर नेताहरु असन्तुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री बालुवाटारमा बसेको माओवादी बैठकले यस्तो निर्णय गरेको हो । बैठक लाइभ गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले नै राखेका थिए । तर, सो निर्णयको माओवादीभित्रै व्यापक विरोध भएको छ ।

कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण बैठक मानिने केन्द्रीय समिति बैठक सार्वजनिक गर्नु उपयुक्त नभएको नेताहरुको भनाइ छ ।
बैठक लाइभ गर्नुहुन्न भनी विरोध गर्नेहरुमा पूर्वविज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सचिव गणेश साह, पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखालगायत छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ राख्दै उनले पार्टी बैठक घर, परिवार र जीवन भएकाले परिवारका अन्तरङ्ग छलफल ‘लाइभ’ गर्न नहुने उल्लेख गरेका छन् । ढुक्कसँग बोल्न र आनन्दसँग सुन्न पाउनुपर्ने उनको धारणा छ ।

‘पार्टी बैठक लाइभ हुनु हुँदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परिवारका अन्तरङ्ग छलफल लाइभ गर्ने विषय होइनन्’, उनले भने, ‘ढुक्कसँग बोल्न पाउनुपर्छ, आनन्दसँग सुन्न पाउनुपर्छ ।’

पोलिटब्यूरो सदस्य कमला रोक्काले पनि असन्तुष्टि जनाएकी छन् । यस विषयमा पोलिटब्यूरो सदस्य धर्मशीला चापागाइँले लाइभ नगर्न दबाब दिइरहेककी छन् ।

तर, महासचिव देव गुरुङ भने यस विषयमा धेरै नेताहरूले असन्तुष्टि जनाए पनि ‘लाइभ’ रोक्नु हुन्न भन्ने पक्षमा छन् ।

Tags :