१० कार्तिक २०८१, शनिबार 1730002101
Banner

आज राति बाह्र बजेबाट पेट्रोल र डिजेलको मूल्य बढ्दै

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घट्ने र पेट्रोल र डिजेलको मूल्य बढ्ने जनाएको छ ।

आयल निगमका अनुसार मंगलबार भारतीय आयल निगमबाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ ।
त्यसैगरी, पेट्रोल प्रतिलिटरमा आठ, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढेर आएको छ ।

सो मूल्य आज बेलुका आज बेलुका ५ बजे बस्ने बोर्ड बैठकपछि सो मूल्य लागू हुने बताइएको छ । नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।

Tags :